दिपक बोहरा
तुलसीपुर ३१ जेठ ।
दाङका खोलााहरुमा समयमै पुल निर्माण कार्य पुरा नभएपछि यात्रुहरु त्रसित बनेका छन् । बर्षादमा वारपार गर्ने कार्य नै बन्द हुन्छ, की भन्ने चिन्तामा यात्रुहरु छन् ।
तुलसीपर ५ का रतिराम बिक मोटरसाईकलमा घोराही जाँदै थिए । तुलसीपुर बजारको धुलो खाँदै तुलसीपुर–घोराही सडक खण्डको पत्रेखोलामा पुगेका उनलाई मनमा डर पैदा भयो । बर्षादको समय आउन अब धेरै दिन बाँकी छैन् । असार, साउन , भदौमा आउने बर्षादले बिगतका बर्षहरुमा पनि यात्रुहरुलाई शास्ती दिदै आएको थियो । कारण दाङको तुलसीपुर–लमही सडक खण्डमा निर्माण अधिन पुल र बर्षादमा आउने बाढी नै हो । बिगतका बर्षहरुमा बाढिले धेरै मोटरसाईकल र गाडिहरु बगाएको याद ताजै छ । यस बर्ष झन पुल निर्माण कार्य अधुरै छ, जसले गर्दा हिलो र बाढिमा सवारी आवत जावत गर्न सम्भब छैन् । यसले बर्षादको समय भर कहिल्यै आवाज जावत नै त ठप्प हुने होईन्, उनको मनमा यही शंका पैदा भयो ।‘बिगतका बर्षहरुमा मोटरसाईकल बगाउने गरेका उदाहरण हामीमाझ छन्’उनले भने‘अहिले झनै खोलाहरुमा पुल निर्माण कार्यले पूर्णता पाउन सकेको छैन्, झनै हिलाम्मे हुन्छ, यसले आवत जावत नै ठप्प पार्ने डर छ ।’ उनी मात्रै होईन्, अहिले धेरै यात्रुहरुको त्रास यस्तै छ । लामो समय देखि दाङका खोलाहरुमा पुल निर्माणको कार्यले पूर्णता पाउन सकेको छैन्, यसले गर्दा आम यात्रुहरु मारमा पर्न बाध्य छन् । डिभिजन सडक कार्यालय दाङले पनि यो आर्थिक बर्ष सम्म खोलाहरुमा पुल निर्मार्णको कार्यले पूर्णता नपाउने बताएको छ । डिभिजन सडक कार्यालय दाङका सुचना अधिकार दुर्गा गौतमले भने‘ठेकेदारहरुको कामलाई नियाल्ने हो भने यो आर्थिक बर्षमा खोलाहरुमा पुल निर्माणको कार्यले पूर्णता पाउने अबस्था छैन् ।’ सहज डाईभर्सन पनि नहुँदा यात्रुहरुले यस अघि नै समस्या भोग्दै आएका थिए । सुचना अधिकारी गौतमका अनुसार यो अहिले सम्म दाङका कुनै पनि खोलाहरुमा ५० प्रतिसतको हाराहारीमा मात्रै काम भएको छ, त्यो भन्दा काम अघि बढ्न सकेको छैन् ।
सडक निर्माण गर्दाका खाल्डाखुल्डी र र चिप्लो बाटो भएकाले गाडी चिप्लने र फस्ने समस्याले दैनिक जाम हुने गर्छ । पुल निर्माणका क्रममा कज वे भत्काएपछि झनै समस्या हुने गरेको यात्रुहरु बताउछन् । तुलसीपुर–लमही सडक खण्डका १० वटा खोलाहरुमा अहिले पुल निर्माण कार्य भईरहेको छ । तीन किलोमिटर फरकका खोलाले यात्रा निकै जोखिमपूर्ण गरेको छ । लमही तुलसीपुर खण्डको चौपट्टादेखि तुलसीपुरसम्म बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र काला खोला छन् ।
बर्षात्मा खोलाले बगाएर मानिसको ज्यानै जाने गरेको छ । तीन वर्षअघि ग्वार र काला खोलाले बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए । यीमध्ये ५ खोलामा पुलको काम सुरु भए पनि गती सुस्त छ । बबई, कटुवा, गुज्रे, पत्रे र संक्राममा पुल बनाउन थालेको लामो समय बित्यो तर ठेकेदार र सडक डिभिजनको लापरबाहीले काम अघि बढेको छैन । अहिले पनि समयमै काम नभए वर्षातमा आवतजावतै कष्टकर हुने छ ।
अन्य खोलामा केही काम भए पनि कटुवा र पत्रे खोलामा कुनै प्रगति हुन सकेको छैन । यी खोलाका पुलमा सबैभन्दा बढी लापरबाही भएको छ । यहाँ सबैभन्दा पहिले निर्माण थालिएको हो । पछि काम सुरु गरेका संक्राम, गुर्जे र बबईमा काम धेरै अघि बढदा पनि यहाँ कुनै प्रगति हुन सकेको छैन । यी खोलामा पुल निर्माण गर्ने ठेक्का लिएको शंकर माली कन्स्ट्रक्सनले काममा लापरबाही गरिरहेको छ । शंकर मालीका प्रतिनिधि पदम शर्मा काममा गैरजिम्मेवार भएको भन्दै सबैतिरबाट आक्रोश व्यक्त भइरहेको छ । यही आक्रोशबीच चन्द नेतृत्व नेकपाले उनलाई कालो छ्यापेर सांकेतिक कारबाही गरेको जनाएको छ ।
बबई र गुज्रे खोलाको ठेक्का अनक वज्रगुरु निर्माण सेवा र संक्राम खोलाको रौताहा कन्स्ट्रक्सनले लिएको छ । शंकरमालीभन्दा यी कम्पनीले केही प्रगति गरेका छन् । एउटै व्यवसायीले धेरै योजना लिने र समयमा काम नगर्ने समस्या बढदै गएको छ । शंकर मालीले कटुवा खोलाको पुल निर्माणमा लापरबाही गरिरहेका बेला पत्रे खोलाको पुल र घोराहीको चार लेन सडकको पनि जिम्मा दिइएको छ ।
मुख्य निर्माण कम्पनी फिल्डमा नखट्ने र प्रतिनिधिका रूपमा झोलेलाई खटाउने प्रवृत्तिले समयमा काम नभएको छ । यस्तो गलत प्रवृत्तिप्रति सडक डिभिजन कार्यालय मुकदर्शक बनेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।