प्यूठानमा माओवादी केन्द्र नगरपालिकाको मेयरमा विजयी



असार २० –
प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम शर्माले ४ हजार ३ सय २३ मत ल्याउनुभएको छ । प्यूठान नगरपालिकाका लागि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबिच तालमेल भएको थियोजिल्लाका ९ स्थानीय तह मध्ये माओवादीले प्यूठान नगरपालिका मात्र मेयर पद जितेर खाता खोलेको हो । उपमेरमा भने नेकपा एमालेबाट उम्मेदवार रहनुभएकी शान्ता आचार्य ५ हजार ९७ मत लिएर विजयी हुनुभएको छ ।

आचार्यले नेपाली कांग्रेसका उम्मेदवार भगवती विष्टलाई १ हजार ६ सय ८३ फराकिलो मत अन्तरले पराजित गर्नुभएको हो । माओवादी केन्द्र र राजमोको तालमेल भएपनि राजमोका उम्मेदवार ध्रुव थापाको मत विष्टको भन्दा कम छ । नगरपालिकामा १० वटा वडा मध्ये २, ३, ४, ५ र ९ मा प्यानलसहित एमाले विजयी भएको छ । यस्तै वडा नम्बर ८ मा पनि अध्यक्ष बाहेक चार सदस्य एमालेले जितेको छ । नेपाली कांग्रेसले १ र ७ नम्बर वडामा प्यानल सहित जित हात पारेको छ ।

माओवादीले नगरपालिकाको ६ नम्वर वडामा नेपाली कांग्रेस र माओवादी केन्द्रको वडा अध्यक्षको मत बराबर आएपछि गोला प्रथाबाट टुंगो लगाउने तयारी भइरहेको नगरपालिका निर्वाचन अधिकृत नाराणप्रसाद भण्डारीले जानकारी दिनुभयो । प्यूठान नगरपालिकाको मतगणना सम्पन्न सँगै प्यूठानका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । प्यूठानमा एमाले ३, नेपाली कांग्रेस ३, राजमोले २ र माओवादी केन्द्रले १ स्थान विजयी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्