एसईईको उत्तरपुस्तिका परीक्षणको काम सकियो, नतिजा कहिले ?



सैघाली खबर, ३१ जेठ।
प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । अहिलेसम्म उत्तरपुस्तिका परीक्षणको काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।

उनका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिनेछ । गएको चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

तीमध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् । गएको वर्ष असार ३ गते एसईईको नतिजा सार्वजनिक भएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्