कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी विजयी



असार २० –

कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादीका शेरबहादुर चौधरी ५ हजार २ सय २८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका केवल चौधरीले ५ हजार २५ मत पाउनुभयो । उपमेयरमा माओवादीका छाया देवकोटा ५हजार ८ मत ल्याएर विजयी हुनु भएको छ

। उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका धनबासी चौधरीले ४ हजार ३ सय ७८ मत ल्याउनुभयो । कैलालीका १३ वटा स्थानीय तहमध्ये अब तीनवटाको मत परिणाम आउन बाँकी छ । मतगणना भैरहेको धनगडी उपमहानगरपालिकामा स्वतन्त्र र नेपाली कांग्रेसका उम्मेदवारको बराबरी छ भने, लम्कीचुहा नगरपालिकामा एमाले र घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रको अग्रता छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्