श्रीलंकाको नदीमा खसेर नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु



सैघाली खबर, ३१ जेठ।
श्रीलंकाको नदीमा खसेर एक नेपाली ‘माउन्टेन बाइकर’ को मृत्यु भएको छ । श्रीलंकामा आयोजना गरिएको इन्टरनेशनल रेश प्रतियोगितामा सहभागी काठमाडौंका नारायणगोपाल महर्जनको बुधबार महावेली नदीमा खसेर मृत्यु भएको हो । महर्जनका आफन्तले शव छिटो नेपाल ल्याइदिने पहल गर्न सरकारसमक्ष अनुरोध गरेका छन् ।

महर्जनका आफन्त हेमन्तलाल श्रेष्ठले भने, उहाँको आर्थिक अवस्था कमजोर छ । आयस्रोत केही पनि छैन । श्रीलंका पठाउँदा पनि चन्दा संकलन गरेर पठायौं । राष्ट्रियस्तरको खेलाडीका लागि सरकारको सहयोगको आशा राखेका छौं ।’ एएफपीले श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै राजधानी कोलम्बोबाट २३० किलोमिटरको दूरीमा रहेको कुडा ओया नदीमा खसेर नेपालीको मृत्यु भएको जनाएको छ ।

नजिकैको जलाशयमा राखिएको शवबारे मृतकको परिवारलाई जानकारी दिएपछि मात्रै सार्वजनिक गरिने श्रीलंकाको प्रहरीले जनाएको छ । श्रीलंकन एयरलाइन्सले ‘रुम्बल इन जंगल’ नारा दिएर ९ जूनदेखि १५ जूनसम्म अन्तर्रा्ष्ट्रिय रेस प्रतियोगिता आयोजना गरेको थियो । ३९ प्रतियोगी रहेको प्रतियोगितामा नेपालसँगै बेलायत, जर्मन, इटाली र स्विजरल्यान्डका बाइक राइडर सहभागी थिए । महर्जनको मृत्यु भएपछि प्रतियोगिता स्थगित गरिएको छ । आयोजकले एक विज्ञप्ति जारी गर्दै स्थगनको घोषणा गरेको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्