जेठ ३१ काठमाडौं । साताको पाँचौं दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ५ सय रुयैयाँमा कारोबार भएको थियो, आज भने प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजावी सुन प्रतितोला आज ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन प्रतितोला ५८ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ७८५ रुपैयाँमा काराबोर भएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।