ओलीको गृहजिल्लामा ‘राजपा’को सानदार जित



बनियानी ९ झापा, २० असार । राष्ट्रिय जनता पार्टीका नेता दिनेशप्रसाद राजवंशीले स्वतन्त्र उम्मेदवारी दिएर झापा गाउँपालिका–५ को वडाध्यक्षमा जित हासिल गर्नुभएको छ ।

उहाँले चार सय १७ मत ल्याई निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का महेन्द्रप्रसाद राजवंशीलाई ३९ मतले पछि पार्दै जित्नुभएको हो ।

यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा भएको दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपाले भाग नलिने जनाए पनि आफ्नो पकड देखिएको स्थानमा स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । हालसम्मको प्राप्त परिणामअनुसार झापामा राजपाले जितेको यो पहिलो हो ।

यहाँ अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण साह चार हजार ३९३ र उपाध्यक्षमा नेकपा ९एमाले० की कुन्ती बुढाथोकी तीन हजार ८१६ मत प्राप्त गरी विजयी हुनुभएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्