सैघाली खबर, ३१ जेठ।
नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताए । परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले यसबारे पर्याप्त छलफल भएको बताए ।
नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकिएपछि चीनले खुलाउने मन्त्रीले बताए । तर, अब तातोपानी नाकाको भन्सार क्लियरेन्स भने न्यालमबाट हुने सम्भावना छ । भूकम्पपछि बन्द भएको तातोपानी खुलाउन नेपालले पहल गरिरहेको थियो । अब नाका कार्गोका लागि खुल्नेछ ।।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।