दाङमा तीन जनाले पाए सुनको सिक्का



दाङ, ३१ जेठ । नेपाल सुनचाँदी व्यवसायी दाङले तीन जना ग्राहकलाई सुनको सिक्का प्रदान गरेको छ । घोराही स्थित विभिन्न सुनचाँँदी पसलबाट सुन खरिद गरे वाफत सुनको सिक्का प्रदान गरेको हो । ग्राहक बिषेश उपहार कुपन मार्फत खोलिएको चिठ्ठाका आधारमा उपहार प्रदान गरिएको नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिनुभयो । बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी चिठ्ठा खोलिएको हो । जस अन्तरगत घोराहीका भारत बनारस घर भई हाल घोराही सिमेन्टमा कार्यरत मुरली यादव, घोराही उपमहानगरपालिका वडा नं.१७ कर्जाहीका निर्मला चौधरी र घोराहीकै जीतसीङ घर्तीले १ दशमलव ५ ग्राम सुन प्राप्त गर्नु भएको हो ।

प्रत्येक महिना वम्फर उपहार योजना मार्फत ग्राहकलाई सुनको सिक्का प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष विश्वकार्मले जानकारी दिनुभयो । उपहार लिन आउदा ग्राहले अनिवार्य रुपमा सुन खरिद गरेको बिल र अर्धकठ्ठी लाएर १५ दिन भित्र सम्पर्क गर्न समेत आग्रह गरिएको छ । त्यस अबसरमा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीले आर्थिक विकासमा सुनचाँदी व्यावसायीको भुमिका महत्व पूर्ण रहेको वताउँनुभयो ।

सुनचाँदी व्यावसायी माथी ठुलो शुरक्षाको चुनौती थपिएको वताउँदै सरक्षा निकाए यस विषयमा गम्भिर नदेखिएको वताउँनुभयो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य धुब्रकुमार गतहराज लगाएतले बोल्नु भएको थियो । उपाध्यक्ष निर्मला विकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माको अध्यक्षतामा समपन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्