लमही नगरपालिकामा नेकपा एमाले विजयी



दाङ,२० असार
लमही नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका कुलबहादुर केसी निर्वाचित भएका हुन् ।

 

लमही कांग्रेस नेता खुमबहादुर खड्काको गृहनगर हो । लमहीमा कांग्रेसका डिल्लीबहादुर खड्का बागी उम्मेदवार थिए ।

खुमबहादुर निकट कांग्रेसका आधिकारिक उम्मेदवार जोगराज चौधरीलाई ९५ मत अन्तरले पछि पार्दै एमालेका केसी लमही नगरपालिकाको पहिलो मेयर बन्न सफल भएका हुन् । केसीले ५ हजार ११२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ५ हजार २७ मत पाए ।

यसैगरी उपमेयरमा कांग्रेसकी देवका बेल्बासे निर्वाचित भएकी छन् । बेल्बासेले ५ हजार १५ मत पाएकी छन् ।

दाङका १० स्थानीय तहमध्ये एमालेले पाँच तह जितिसकेको छ । एमालेले घोराही उपमहानगरपालिका र लमही नगरपालिकासहित गढवा गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिका जितेको छ । मतपरिणाम आउन बाँकी तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेका उम्मेदवार घनश्याम पाण्डेले अग्रता कायम राखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्