सैघाली खबर, ३१ जेठ।
गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ ।
बिहीबार मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई त्यहाँ रहेका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न निर्देशन दिएको हो । गृह स्रोतका अनुसार त्यसरी संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।
हाललाई एनजीओ र आईएनजीओमा कार्यरत् कर्मचारीहरुको सम्पत्ति विवरण भने पेश गर्नु पर्ने छैन । यसअघि गत २४ जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबीच भएको बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित यसको नियमन गर्ने निर्णय गरेको थियो ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।