दाङमा मुल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन भिडियो सहित



 

दाङ ३१ जेठ । इन्धनको मुल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले दाङमा प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।
विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मुल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ ।

 

तर, सरकारले नसुनेपछि विहीवार दाङको सोमबार प्रधानमन्त्रीको पुत्ला जलाएको जिल्ला उपाध्यक्ष टोपबहादुर बुढाथोकीले जानकारी दिनुभयो । काग्रेस पार्टी कार्यालयबाट सुरु भएको मसाल रझेना चोक, तुलसीपुर चोकमा पुगेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर पुत्ला तथा झण्डा खोसाखोससमेत भएको थियो ।

تم النشر بواسطة ‏‎Jang Reule‎‏ في الخميس، ١٤ يونيو ٢٠١٨

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्