उत्पादनमुखी लगानीको विकास गरौं ः पाण्डे



सैघाली खबर
दाङ , ३१ जेठ । तुलसीपुर उपमहानगपालिका प्रमुख घनश्याम पाण्डेले मुलुकको समृद्धि र विकास लागि उत्पादनमुखी लगानीको विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी संघ लिमिटेड दाङ र तुलसीपुर उपमहानगरपालिका कार्यपालिका कार्यालय दाङले विहिवार ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी ’ भन्ने मुलनाराका साथ आयोजना गरेको स्थानीय विकासमा सहकारीको भुमिका विषयक अन्र्तक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।

जिल्ला सहकारीं संघका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाण्डेले उत्पादनमुखी लगानीको विकास नै समृद्धिको निकास रहेको बताउनुभयो । उत्पादनशिल क्षेत्रमा लगानी हुन नसक्दा जनशक्तिको पलायन र खेतीयोग्य जमिनको खण्डहर, र दैनिक उपभोग्य खाद्य तथा फलफुल जन्यवस्तुमा परनिर्भर पर्नुपर्ने वाध्यता रहेकाले दाङको समृद्धि र विकास लागि उत्पादनमुखी लगानीको विकास अति आवश्यक रहेको उहाँले बताउनुभयो । जसले गर्दा स्वरोजगारको विकास, आत्मनिर्भरको सिर्जना, आयात न्युनिकरण गर्न सकिने बताउनुभयो ।जसका लागि सरकार, समुदाय र सहकारीले सहकार्य गर्नुपर्ने उहाँको भनाई थियो ।

सरकार, समुदाय र सहकारीले विकासका लागि गर्ने लगानीमा सहकार्य नहुदाँ उनै योजना , उनै कामका लागि दोहोरो खर्च भइरहेकाले विकास लागि सहकार्य र समन्वय गर्नुपर्ने निकै आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकार , समुदाय र सहकारी सहकार्य र समन्वय अभाव छ । ’ जसले गर्दा विकास र समृद्धि मन्दगतिमा चलिरहेको छ ।

विकासमा देखिएको भेगियताले पनि दाङ प्रभावित भईरहेको उहाँको भनाई छ । समुचित योजना नबनाई क्षेत्रगत रुपमा आ– आफै तरिकाले योजना निर्माण र लगानी गर्दा दाङको विकास पछि परिहेको उहाँको भनाई छ । दाङको समृद्धि र विकास लागि दश स्थानीय तहहरुले आवश्यकता आधारमा योजना निर्माण गरी साझा लगानीको विकास र सहकार्यको आवश्यकता रहेको उहाँको भनाई छ ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त वहादुर वंलीले दाङको लगानीकै अभावमा दाङ पछि परिहेको बताउनुभयो । जल , जमिन र जंगल माथिको लगानी अभाव रहेकाले दाङको विकास फष्टाउन नसकेको उहाँको भनाई छ । त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले सरकार र सहकारीको सहकार्य नै विकास र समृद्धिलाई सार्थक बनाउन सकिने तर्क राख्नुभयो । जसका लागि साझा योजना र लगानीको विकास गरी आर्थिक बृद्धि र विकास गर्न सकिने उहाँको भनाई थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, बबई गाउँपालिका सावित्रा विक, पूर्व सांसद शारदा स्वर्णकार, डिभिजन सहकारी दाङका प्रमुख विनोद कुमार पौडेल , नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र वंली, सहकारी वंैकका प्रमुख नारायण वेल्वासे लगायतकाले भनाइ राख्नुभएको थियो ।

उक्त कार्यक्रम जिल्ला सहकारी संघका सचिव कृष्णप्रसाद शर्मा र हाम्रो पहुँच वहुउद्देशीय सहकारी संस्थाका सचिव शुक्रराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहकारी शाखा तुलसीपुरका प्रमुख टंक गौतमको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्