समाजवादी फोरमले ६ वटा स्थानीय तहमा विजय



दाङ,२० असार
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले ६ वटा स्थानीय तहमा विजय हासिल गरको छ। रूपन्देहीका ३ वटा गाउँपालिकामा समाजवादी फोरम विजयी भएको छ। बाँके, सुनसरी र कपिलबस्तुमा १र१ गाँउपालिकामा समाजवादी फोरम विजयी भएको हो।

रुपन्देहीको मर्चवारी गाँउपालिकामा समाजवादी फोरमका केशबनन्द बाँनिया प्रमुखमा र सुनीता कल्वार उपप्रमुखमा विजयी भए। रोहिणी गाँउपालिकाको अध्यक्षमा फोरमका समाद यादव विजयी भएका छन्। गैडहवा गाउँपालिकामा बचुलाल कवट अध्यक्षमा र उपाध्यक्षमा संगिता यादव विजयी भएका छन् ।

कपिलबस्तुको मायादेवी गाँउपालिकामा बजरङी कुर्मी प्रमुखमा र गिता तिवारी उपप्रमुखमा निर्वाचित भएका छन् ।

बाँकेको नरैनापुर गाँउपालिकामा इश्तियाक अहमत साह प्रमुख र जयन्तीदेवी श्रीवास्तव उपप्रमुखमा विजयी भए।

सुनसरीको भोक्राहा गाँउपालिकामा महेन्द्रप्रसाद यादव प्रमुख र पुनमकुमारी महतो उपप्रमुखमा विजयी भएका छन् ।

संघीय समाजवादी फोरमले ४४ वटा वडामा विजय हासिल गरेको फोरमको प्रचारप्रसार विभागले जनाएको छ। विराटनगर महानगरपालिकामा २ वटा वडा ९वाड नं १७ र १८० मा फोरम विजयी भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको पनि २ वटा वडा ९वडा नं २३ र १५० मा फोरम विजयी भएको छ ।

खोटाङको रुपाकाट मजुवागढी नगरपालिकाको वाड नम्बर ५ र १०मा फोरम विजयी भएको छ। धनकुटा नगरपालिकाको वाड नम्बर ३ मा फोरम विजयी भएको छ। सुनसरीको दुहवी, मोरङको रंगेली र सुनवर्षी नगरपालिकामा १(१ वटा वडामा फोरम विजयी भएको छ।

अन्य वडाहरु भने फोरमले गाउँपालिकामा जितेको छ। फोरमका ४९ जना महिला सदस्य,४७ जना दलित महिला सदस्य र वडा सदस्य ८५ जना विजयी भएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्