चितवन १ असार । पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा आज बिहान ठक्कर दिँदा दुर्घटना भएको हो ।
चितवन प्रहरीका अनुसार, ३ जनाको दुर्घटनामा मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।
घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ । घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ ।
ट्रक त्रिशूली नदी किनारमा पुगेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।