नेकपाको स्थायी समिति बैठक भोलि



काठमाडौं १ असार। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पहिलो स्थायी कमिटी बैठकअध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सल्लाह गरेर भोली शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
बैठकका लागि चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने रिजालले बताए ।
त्यस्तै महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ ।
स्थायी कमिटी सदस्यहरुलाई आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ ।
बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्