असार १ काठमाण्डौ।
सरकारले नेपालको तर्फबाट एसियाली विकास बैकको बैकल्पिक निर्देशक पदमा संघको कार्यालय मनिलामा कार्यरत पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ।
बिहिबार साँझ प्रधानमन्त्री सरकारी निवासमा बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई फिर्ता बोलाई अर्थमन्त्रालयका सहसचिव राम शरण पुडासैनीलाई मनोनयन गर्ने निर्णय गरेको हो।
त्यसैगरी नेपाल सरकार र चीनको चीन अन्तर्राष्ट्रिय विकास सहायता नियोगबीच मानव विकास सहायता सम्बन्धी समझदारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी बैठकले नेपाल सरकार र चीनको एक कम्पनीबीच उत्पादन क्षमता विकासका लागि लगानी र सहयोग सम्बन्धी समझदारी गर्ने निर्णय गरेको छ ।
त्यस्तै जापान सरकारबाट प्रोजेक्टर फर हयुमन रिसोर्स डेभलपमेण्ट स्कलरसिप अन्तर्गत प्राप्त हुने २७ करोड ५५ लाख नेपाली रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
नेपाल सरकार ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय र चाईना कम्युनिकेशन्स कन्स्ट्रक्सन कम्पनीबीच सम्पन्न हुने मेमोरेण्डम अफ अण्डरस्ट्याण्डीङ एण्ड को–अपरेशनलाई स्वीकृत गर्ने साथै सो समझदारी पत्रमा हस्ताक्षर गर्न सम्बन्धीत मन्त्रालयले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
नेपालको संघीय प्रदेश तथा स्थानीय तहमा रहेका सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनमा संलग्न संस्थाहरुको प्रणाली तथा कार्यविधीलाई सरलीकरण र प्रभावकारी बनाउने उद्देश्य राखी विश्व समूहको अन्तराष्ट्रिय विकास संस्थाको आईटी ए बाट करिब १५ मिलिनिय अमेरिकन डलर बराबरको सहायता स्वीकार गर्ने र त्यसका लागि सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षमा महेन्द्र विष्ट र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्षमा हरिहर अधिकारी श्यामललाई नियुक्त गरेको छ।
सरकारले संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावलि पास गर्नका लागि संघीय संसदको संयुक्त बैठक असार ३० अपरान्ह ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।setopati

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।