प्रधानमन्त्रीले देश बनाउने सपना कोमामा पुग्यो भन्नुको रहस्य के ?



सैघाली खबर, १ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै युवाको सपना कोमामा पुगेको भन्दै त्यसलाई जीवित बनाउने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषदले काठमाडौंमा गरेको विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उनले देश बनाउने धेरैको सपना आफूले साकार पार्ने दावी गरे ।

‘कोमामा गएका छन् सपनाहरु, ती सपनालाई जिवित बनाउन चाहन्छु । आत्मविश्वास कोमामा गएको छ, त्यो आत्मविश्वास जगाउन चाहन्छु’ उनले भने । आफ्नो देश आफैले बनाउनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले देश बनाउने मै हुा भन्ने भावना युवाजगतमा नआएसम्म मुलुकले विकासको गति लिन नसक्ने र समृद्धि हासिल गर्न नसकिने बताए । युवा जगतले मुलुक बनाउने संकल्प नगरेसम्म देशको विकास नहुने भन्दै उनले मुलुकको विकासप्रति प्रतिवद्ध बन्न युवाहरुलाई आग्रह गरे ।

हजारौ बर्ष पहिले वेदको रचना गर्ने, कला संस्कृति साहित्य सिर्जना गर्ने विद्धान पुर्खाका सन्तानहरु अहिले थैलाभरी पैसा बोकेर विदेशमा पढ्न गएको ओलीले टिप्पणी गरे । युवाहरुको आत्मविश्वाससहितको प्रतिवद्धता भए शिक्षा स्वास्थ्यलगायत सबै क्षेत्रको विकास गर्न सकिने उनको भनाइ छ । युवाहरुले चालेको विज्ञान र आविष्कारका योजनालाई सरकारले गच्छेअनुसार सहयोग गर्ने प्रतिवद्धता जनाए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्