दुर्घटना

करेन्ट लागेर जनकबहादुरको ज्यान गयो

By थाहा अनलाइन

June 15, 2018

सैघाली खबर, १ असार । बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । उनले दिएको जानकारी अनुसार तिपाडा बजारमा आएका बेला साउदले विद्यत्को खम्बामा हात लगाउँदा करेन्ट लागेर मृत्यु भएको हो ।।