मेयर पाण्डेद्धारा इदको शुभकामना



 

दाङ,१ असार ।तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले मुश्लिम धर्मावलम्बीहरुको महान् पर्व इदउल फितर अर्थात रमजानको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मुश्लिम धर्मावलम्बीको सुख , शान्ती र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको उल्लेख गर्दै विज्ञप्तीमा धार्मिक र साँस्कृतिक विविधतायुक्त धर्म निरपेक्ष देशमा मनाइने इदउल फितर जस्ता पर्वले देशको विविधतालाई वचाईराख्नका लागि महत्वपूर्ण भुमिका वहन गर्ने उल्लेख छ ।


हरेक नेपालीमा भाइचारा, सद्भाव र मेलमिलापको भावना जागृत गर्ने कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ । सदियौदेखि अनेकताभित्र एकताको खोजि गर्दै एक अर्काको धर्म, संस्कृति र परम्पराको विकास गर्नुका साथै यो पर्वले धार्मिक सहिष्णुताको भावना जागृह गर्न सकोस् भन्ने शुभेच्छा समेत व्यक्त गरिएको छ ।  विज्ञप्तीमा मुश्लिम धर्म मान्नेहरुको महान पर्वका रुपमा रहेको यस पर्वले सबैमा भाइचारा, एकता, मेलमिलाप, शान्ती र समृद्धिको यात्रामा हिड्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना समेत गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्