ओमप्रकाश गुप्ता,
दाङ १ असार देउखुरीको गढवा गाउँपालिका ६ गढवामा प्रहरी र स्थानीय वासिन्दा बिच झडप हुँदा २ प्रहरी सहित १० जना घाइते भएका छन ।जवरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का एक युवकको रिहाईको माग गर्दै स्थानीय वासिन्दाले प्रहरीमाथी ढुङ्गा मुढा गरेपछि प्रहरी सइ कमल आचार्य र प्रहरी हवल्दार दौलतसिह बुढा घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिएका छन । प्रहरीले लाडि चार्ज गरेको र २ सेल असुर ग्याँस प्रहार गर्दा ८स्थानीय नागरिक घाइते भएको स्थानीय वासिन्दाले जनाएका छन ।
केटी पक्षकाले गत जेठ २७ गते जवरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित युवकलाई पक्राउ गरी मुद्दा दर्ता गरेपछि आरोपित युवकलाई बलजफ्ती फसाइएको भन्दै स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन ।३ महिना अघि केटा केटीले प्रेम बिवाह गरेको र पछि केटी पक्षले केटी फिर्ता लगेर अहिले जवरजस्ती करणीको मुद्दा दर्ता गरेको केटा पक्षले जनाएका छन । झुठा मुद्दा फिर्ता गरी युवकलाई रिहा नगरे गढवा बजार नै बन्द गरेर प्रहरीका बिरुद्धमा आन्दोलन थाल्ने स्थानीय वासिन्दाले जनाएका छन ।
प्रेम विवाहलाई बलत्कारको झुटो आरोपमा प्रहरीले एकतर्फी न्याय गरेको भन्दै देउखुरी गढवामा स्थानीयहरुले गढवा इ.प्र .का.मा ढुंगा मुढा गरेका छन
تم النشر بواسطة Ganatantra Online في الجمعة، ١٥ يونيو ٢٠١٨

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।