घोराही उप–महानगरपालिका १४ को योजना प्राथमिकता भेला



दाङ २ असार । घोराही उप–महानगरपालिका वडा नं. १४ले योजना प्राथमिकता भेला सम्पन्न गरेको छ । वडाले आर्थिक बर्ष २०७५÷०७६ को बजेट शिक्षा,स्वास्थ्य कृषि र सरसफाईलाई मुख्य रुपमा केन्द«ीत गरेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । शिक्षा तर्फ विपन्न तथा असाहय बालवालिका लागि कक्षा ८ सम्म निशुल्क पठन पाठनको व्यवस्था गर्ने, शैक्षिक छात्रबृद्धिको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

स्वास्थ्य अन्तरगत विपन्न समुदाय र आर्थिक अभाव भएका महिलाको पाठेघर विरामी बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य सेवा प्रदान ,किसानका लागि निुल्क बिउ मल वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।त्यस अबसरमा बोल्ने वडावासी वडाको विकासका लागि प्रथामिकता आधारमा योजना छनौट गर्नु पर्ने वताएका थिए । त्यस अबसरमा बोल्दै घोराही उपमहानगरपालिका कार्यालय दाङ प्रशासकिय अधिकृत चक्रमाणी पाण्डे आबश्यकताका आधारमा बजेट खर्च गर्नुपर्ने वताउँनुभयो । वडा स्तरमा योजना छनौट गर्दा नागरिकको पहिलो आबश्यकता पहिचान गर्नु पर्छ उहाँले भन्नुभयो ।

उत्कृष्ट टोल विकास संस्थालाई पुरस्कार
यस्तै पूर्ण सरसफाई अभियानमा उत्कृष्ट कामगर्ने टोल विकास संस्थालाई घोराहीमा पुरस्कृत गरिएको छ । घोराही उपमाहनगरपालीका वडा नं. १४ ले घोराहीले पुरस्कृत तथा सम्मान गरेको हो । पूर्ण सरसफाई अभियानमा टोल विकास सस्ंथाले महतत्व पूर्ण भुमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

जस अन्तगर प्रथम हुने सेवारखोला टोल विकास संस्था नगद ९ हजार पाँच सय, द्धितीय हुने गौतम नगर टोल विकास संस्था ६ हजार तृतीय हुने हस्पिटल टोल विकास संस्थालाई ३ हजार र सान्तोना हुने चाउपो र पशुपति नगर टोल विकास संस्थालाई २ /२ हजार रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै घोराही स्थित नयाँ बसपार्कमा फोहर व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै हर्कबहादुर वलीलाई पनि वडा कार्यालयले सम्मान गरेको थियो । वडा स्तरमा योजना छनौट गर्दा नगरिकको पहिलो आबश्यकता पहिचान गर्नु पर्छ उहाँले भन्नुभयो । वडा सदस्य फुलमती नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्