वासिङ्टन ३ असार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल मानाफोर्टले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न संघीय अदालतले आदेश दिएको छ ।
वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश बर्मन ज्याकसनले मानाफोर्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी अलेक्सान्ड्रिया, भर्जिनीयामा रहेको आफ्नो निवासमा नजरबन्दमा रहनुपर्ने भएको अमेरिकी समाचार संस्था सिएनएनले बताएको छ ।
यो मुद्दामा क्षति भनेको न्याय प्रशासनमा क्षति हो र सम्पूर्ण न्याय प्रणालीको सदाचार्यतामा नै क्षति हो, ज्याकसनले मानाफोर्टलाई उद्धृत गर्दै बताए ।
ज्याकसनले भने, “यो विद्यालय होइन । म उहाँको मोबाइल फोन लिन सक्दिन । मैले यसबारे धेरै पहिले सोचेको थिए । मानाफोर्ट म यस्तो बिषयमा मन पर्दैन ।”
सम्पत्ती शुद्धिकरण तथा कर छलीको आरोपमा अनुसन्धानको दायरामा रहेका मानाफोर्टमाथि ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपका बिषयमा समेत दोषी भएको आरोप लगाइने गरिन्छ ।
मानाफोर्टमाथि विभिन्न सात फौजदारी आरोपका मुद्दा डिसीको संघीय अदालतमा दायर भएका छन । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले मानाफोर्टमाथि लगाइएका आरोप अनुचित आरोप मात्र भएका प्रतिक्रिया दिएका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।