दाङ ३ असार। बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन गरेका छन् ।
–इलाका प्रहरी कार्यालयअगाडि भेला भएर स्थानीयले प्रशासनविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ ।
झडपमा ३ जना प्रहरी र ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।
गढवा ६ का भरतप्रताप यादव र सोही ठाउँकी १४ वर्षीया किशोरीबीच २८ फागुन ०७४ मा प्रेम विवाह भएको दाबी केटापक्षले गरेका छन् । केटापक्षका अनुसार ४ महिना उनीहरुसँगै बसेका थिए ।
केटापक्षले किशोरी अस्वीकार गरेपछि किशोरीका अभिभावकले जेठ १६ गते यादवविरुद्ध प्रहरी कार्यालयमा बलात्कारको मुद्दा दर्ता गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।नयाँ पत्रिका दैनिक

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।