सरसफाई सम्बन्धी चेतना सिकाउदै स्टार



दिपक बोहरा,
तुलसीपुर ३असार ।
सरसफाई युक्त समाज निर्माण गर्नका लागि सामाजिक रुपान्तरण तथा जागरण केन्द्र ( स्टार)ले सचेतना अभियान सञ्चालन गरिरहेको छ । नेपाललाई सन २०३० सम्ममा सरसफाई युक्त नेपाल निर्माण गर्ने योजना अनुसार सचेतना अभियान चलाईरहेको छ । हेरेक टोल बिकास संस्थाहरुसंग अभिमुखिकरण कार्यक्रम गरिरहेको छ । यसैबीच शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का टोल बिकास संस्थाहरुसंग अन्तरक्रिया गरिएको छ । अध्यष चुर्ण सुनारको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ५ का वडासदस्य अजय बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्मल नेपालीले स्वच्छ समाज कसरी निर्माण गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम संयोजक मोहन स्वर्णकारले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब निरला अर्याल गैरेले गरेकी थिईन् ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ सुन्दरनगर टोलमा पूर्ण सरसफाई सम्बन्धी अभिमुखिकरण कार्यव्रmम भएको छ । सामाजिक रुपान्तरण तथा जागरण केन्द्रको आयोजना तथा खानेपानी तथा ढल निकास विभागको आर्थिक सहयोगमा शुक्रबार कार्यक्रम भएको हो ।

केन्द्रका अध्यक्ष चूर्ण बहादुर सुनारको अध्यक्षता तथा वडा नं.६ का वडा सदस्य यमुना परियारको प्रमुख आतिथ्यतामा कार्यव्रmम भएको हो । तुलसीपुर उपमहानगपालिकालाई पूर्ण सरसफाई युक्त बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम संयोजक राजेन्द्र बिकका अनुसार सन २०३० सम्म नेपाललाई पूर्ण सरसफाई युक्त मुलुक बनाउने योजना अनुसार कार्यक्रम जारी भएको हो । त्यस अबशरमा सिविक्ट नेपालका हरि मल्लले कार्यव्रmमको बारेमा प्रशिक्षण दिएका थिए ।

उत्थान विकास समितिका केन्द्रीय सदस्य मीना नेपाली, दलित अधिकार तथा सञ्चार अभियान नेपालका महासचिव सन्तोष चनारा,सुन्दरनगर टोल विकास संस्थाका अध्यक्ष राजकुमार बि.क.,सचिव सुमन बि.क लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

राजु बुढाले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सहयोगी कार्यकर्ता सीता वली खड्काले गरेकी थिईन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्