एसईई परीक्षाको नतिजा कहिले ?



सैघाली खबर, ३ असार ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने, ‘हामी नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौं । असार १० गतेभित्रै रिजल्ट आउँछ ।’ प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको रेग्मीले बताए । यसअघि प्राविधिक विषयहरुको नतिजा ढिला प्रकाशित हुन्थ्यो । प्राविधिकअन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्