विशेष आर्थिक क्षेत्रमा चाहिएजति विजुली दिन्छौं : घिसिङ



सैघाली खबर, ३ असार ।
नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् । उनले विशेष आर्थिक क्षेत्रमा विद्युतको अभाव रहेको नभन्न पनि सम्बन्धित निकायसँग आग्रह गरे ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि स्मरण गराए ।

प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे । सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्