गोलाप्रथाबाट यसरी हुँदैछ ५९ सांसदको भाग्य फैसला



सैघाली खबर, ३ असार ।
राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ । गोलाप्रथाको प्रक्रियाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा संसद सचिवालयका सचिव राजेन्द्र फुयालले गोला प्रथाबाट सांसदहरु निर्वा्चित भएको दृश्य जनताले प्रत्यक्ष प्रसारणमार्फत हेर्न पाउने व्यवस्था गरिएको बताए ।

गोलाप्रथालाई पूर्ण विश्वसनीय र पारदर्शी बनाउन सचिवालयले कार्य्विधि तय गरेको छ । सो कार्य्विधिअनुसार पारदर्शी बट्टामा गोला राखिनेछ । गोला राख्नुअघि बाकस खाली गरेर देखाइनेछ । त्यसपछि खोल्न मिल्ने गोलाकार बलमा २ वर्ष, ४ वर्ष, ६ वर्ष लेखिएका चिट्ट्ठा कागज पटयाएर राखिनेछ । सबैभन्दा पहिले सातै प्रदेशका महिला सांसदहरुले क्रमशः प्रदेशगत रुपमा गोला तान्नेछन् ।

बट्टामा राखिएको गोला क्रमशः वर्णानुक्रमका आधारमा सांसदलाई बोलाएर टिप्न लगाइनेछ । सांसदले टिपेको गोला संसद सचिवालयका महासचिव वा उनले तोकेका प्रतिनिधिले खोलेर देखाउनेछन् । प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये एकजनाको २ वर्ष, एकजनाको ४ वर्ष र एकजनाको ६ वर्ष पदावधि हुने गरी गोलाप्रथाबाट टुंगो लगाइने फुयालले बताए । महिलापछि सातै प्रदेशबाट निर्वा्चित सात दलित र सात अल्पसंख्यक तथा अपांग सांसदले गोला तान्नेछन् ।

दलित र अल्पसंख्यकको हकमा भने शून्य वर्ष पनि राखिएको छ । दुई दुई जनाले गोला तान्दा २, ४ र ६ वर्ष कार्यकालको हुने र एकजना बाँकी रहने भएकाले एक जनालाई शून्य वर्ष मानेर पुनः ४ वर्ष र ६ वर्षको गोला तान्न लगाइनेछ । अन्य खुलाबाट निर्वा्चित सात प्रदेशका २१ सांसद र राष्ट्रपतिबाट निर्वा्चित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि निर्धारण गर्नेछन् । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने सचिवालयले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्