सिमेन्ट उद्योग लाई लगाम लगाउन पिडित द्धारा जिल्ला प्रसासन कार्यालय दाङमा ज्ञापनपत्र



सागर थापा,बिष्णु कुमार देवकोटा।
असार ३दाङ ।स्थानीय र सोना सिमेन्ट बिच २०७३ सालमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले जिल्ला प्रसासन कार्यालय दाङमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
घोराही उप महानगरपालिका वडा नं १३ र १६का सिमेन्ट उद्योग पिडितहरुको डेलिगेसनले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै आफुहरु र सिमेन्ट फ्ेक्ट्रि बिच भएको सम्झौताहरु कार्यान्वयन नभएको भन्दै माग पुरागराउन आग्रह गरेका थिए ।
आफ्नै कार्यकक्षमा ज्ञापनपत्र बुझ्दै श्रेष्ठले मापदण्ड पुरा गराउनका लागि आफुले कानुनअनुसार अग्रसरता लिने बचनबद्धता प्रकट गर्नुभयो ।
ज्ञापनपत्रमा सोनापुर मिनरल्स एण्ड आयल्स प्रालिले ९ सोनापुर सिमेन्ट उद्योग दुधरास दाङ० बिच मिति २०७० साल मंसीर आठ गते र २०७३ साल चैत्र २९ गते कम्पनिले आफ्नै लगानीमा सैलुङ्ग टोल, बाँस टोल जोड्ने बाटो लाई पिच गर्ने, स्तरीय ग्राभेल गर्ने, पानी छर्कने, धुलो धुँवा नियन्त्रण गर्ने, बिहान ४ बजेदेखि साँझ ९ बजे सम्म मात्र टिप्परहरु आवागमन गर्ने गराउने सहमति भएको सामाजिक अगुवा घनस्याम शर्माले जानकारी दिनुभयो ।

घोराही वडा नं १३ का वडा अध्यक्ष रवीलाल घर्तिमगर को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको डेलीगेसनले प्रमुख जिल्ला अधिकारी समक्ष सिमेन्ट उद्योग ले पारेका नकारात्मक असरहरु बारे लिखित निबेदन समेत दर्ता गरारएको छ ।

कार्वाहिकालागी दर्ता गराईएको निबेदनमा ओभरलोड गरी अनियन्त्रित गतिमा हुईकाईएको टिप्परको आवाज ले बालबालिकाहरु जोखिममा परेको , घरका पर्खालहरु चर्किएको, घरमा भुईचालो आएझै घर थर्कने र हल्लने समस्याले बालबालिकाहरुमा गम्भिरप्रकारको मानसिक समस्याहरु देखापरेको स्थानीयबासीहरुले बर्ताए । यसै बिषयलाई लिएर जिल्ला प्रसासन कार्यालयले यहि ६ गते जिल्ला प्रसासन कार्यालयमा पिडित र पिडक सहित सर्बपक्षिय छलफलगराउने बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्