पोखरामा यति एयरको जहाज धावनमार्गमा चिप्लियो



सैघाली खबर, ३ असार ।
पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट गएको जहाज अवतरण गर्ने क्रममा हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट घाँसे मैदानमा पुगेको हो ।

यति एयरको नाइन एन एएचयुको कलसाइन भएको उक्त जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुशल छन् । काठमाडौंबाट प्राविधिक बोलाएर जहाजमा देखिएको समस्या पहिचान गर्ने यति एयरलाइन्सले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्