संसदमा अनिवार्य उपस्थित हुन सरकारलाई सभामुखको रुलिङ



सैघाली खबर, ३ असार ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई रुलिङ गरेका छन् । मन्त्रीको अनुपस्थितिका कारण आइतबारको बैठक १५ मिनेट स्थगित भएपछि सभामुखले प्रतिनिधिसभा सञ्चालन नियमावलीले गरेको व्यवस्था अनुसार बैठकमा उपस्थित हुन सरकारलाई रुलिङ गरेका हुन् ।

नियमावलीको नियम ५६ ले बैठक सञ्चालनका लागि सरकारका मन्त्रीको अनिवार्य उपस्थिति र विषयगत छलफलमा विभागीय मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउदै सभामुखले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन सचेत गराए ।

आइतबार महिला बालबालिका, संघीय मामिला, सहरी विकास र वन मन्त्रालयको बजेटमाथि छलफल भइरहेको थियो । आइतबार छलफल भइरहेका मन्त्रालयका कुनै पनि विभागिय मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित गर्नुपरेको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्