घोराही ३ असार,।
प्रदेश नं ५का निर्माण व्यवसायीहरुले मुख्य मन्त्री तथा भौतिक पुर्वाधार मन्त्रिलाई आज ज्ञापन पत्र बुझाएका छन् ।
ब्यवसायीहरुले सरकारी निति नियमका कारण आफूहरुलाई काम गर्न असजिलो भएको भन्दै आज प्रदेश नम्मर पाँचका मुख्यमन्त्रि शंकर पोख्रेल तथा भौतिक पुर्वधार मन्त्रि बैजनाथ चौधरीलाई बिभिन्न मागहरु समेटिएको ८ बुँदे ज्ञापन पत्र बुझाएका हुन ।
निमार्ण व्यवसायीहरुले भौतिक पुर्वधारसंग सम्बन्धित लागत अनुमान कम दररेटमा भएको, समयमा भुक्तानी नभएको, मुल्य बृद्धी समायोजन नभएको, सरकारी कार्यालयहरुका बिचमा आपसि सम्वन्वय नभएको, र ब्यवसायी माथी आतंक सृजना गर्ने तथा निर्माण ब्यवसायीका यन्त्र उपकरण माथी निरन्तर हुने आगजनिका घटना रोक्ने माग ज्ञापनपत्रमा समेटिएका छन ।
निमार्ण व्यवसायी महासंघ प्रदेश नम्मर ५ का कार्यवाहाक अध्यक्ष वलिभद्र राणाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा ब्यवसायीहरुले खोला र खानीजन्य निर्माण साम्रागीहरुको सहज र सरल उपलब्धता नहुनाले निमार्णका काम समयमै सम्पन्न गर्न कठिनाई भएको भन्दै उक्त समस्या समाधानका लागि ज्ञापन पत्र मार्फत मुख्यमन्त्रि शंकर पोख्रेल तथा भौतिक पुर्वधार मन्त्रि बैजनाथ चौधरीसंग माग गरेका छन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।