४ असार
काठमाडौ
जापानमा विहानै शक्तिशाली भुकम्प गएको छ ।
स्थानीय समय अनुसार सोमबार विहान ७ः५८ बजे ६१ रेकटर स्केलको भुकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन । भुकम्पको केन्द्रबिन्दु पश्चिमी जापानको ओसाका शहर रहेको छ ।
क्षतिको प्रारम्भीक विवरण अनुसार ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको छ । ओसाकाका एक लाख ७० हजार ८०० घरमा विद्युत आपूर्ति बन्द भएको छ । स्थानीय ग्यास कम्पनीका अनुसार एक लाख ८ हजार घरमा ग्यास आपूर्ति समेत बन्द भएको छ ।
भुकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।
जापानका प्रधानमन्त्री सिन्जो आबेले राहत तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएका छन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।