युवाहरुलाई सामाजप्रति उत्तरदायी बनाउनुपर्छ’



दिपक बोहरा,
तुलसीपुर ४ असार ।
दाङको तुलसीपुरमा मोडेल युनाइटेड नेशनले दुई दिने गोष्ठी सम्पन्न गरेको छ । युबा बिचारिक समाजको आयोजनामा संयुक्त राष्ट्र संघमा हुने गोष्ठीको तयारी स्वरुप असार १ र २ गते तुलसीपुरमा भएको हो । गोष्ठीमा देशभरका करिब एक सय बिद्यार्थीको सहभागिता रहेको थियो । जसको प्रशिक्षकमा युवा बिचारिक समाजका प्रशिक्षक प्रबिन गिरी र गौरब अधिकारी रहेका थिए ।

गोष्ठीमा आधारभुत नियम, लैङ्गिक सामानता र दिगो बिकास एवम शून्य भोकमरीका बिषयमा युवाहरुलाई जानकारी गराईएको थियो । जसबाट सृजनात्मक सोचाइ , तार्किक निष्कर्षहरु प्रयोग गरेर आफुले प्रतिनिधित्व गरेका एक देशका प्रतिनिधि अनुरुप धारणा राख्न लगाइएको आयोजकले जनाएको छ ।
सदस्य सुजन सुबेदीका अनुसार जलबायुले कृषि क्षेत्रमा पार्ने असर, सरणार्थी समस्या, खाध्यान्न्को अनुचिच प्रयोग, सरकारी नीति र नियम एबम जि.एम.ओले कसरी खाद्य सुरक्षा र शून्य भोकभरीमा असर पार्छ भन्ने बिषयमा प्रशिक्षार्थीबीच छलफल भएको राजेश कुँवरले बताए ।

त्यस अवसरमा प्रशिक्षार्थी कामना अधिकारिले यस्ता कार्यक्रमले युवाहरुलाई फाईदा पुग्ने बताईन् । कार्यक्रमको मुख्य उदेश्य, युवाहरुमा सृजनात्मक सिकाई, नयाँ ढंगले सोच्ने बानीको बिकास, नेतृत्व बिकास, पब्लिक स्पिकिङ बाह्य सम्बन्धको बिकासकामा सकारत्मक परिबर्तन आउने प्रशिक्षार्थी रमेश देबकोटाले बताए ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्