असहाय बालबालिकाले जुत्ता पाएपछि..



दिपक बोहरा
तुलसीपुर ४ असार
तुलसीपुर १८ बिजौरीमा रहको असहाय बाल बिकास नेपालले पालन पोषण गर्दै आएका बालबालिकाहरुलाई जुत्ता सहयोग गरिएको छ । शाहारा बिहिन बनेका बालबालिकालाई शाहारा दिदै आएको असाहय बाल बिकास नेपालमा बस्दै आएका २० जना बालबालिकाहरुलाई जुता र मोजा सहयोग गरिएको हो । दाङ घर भई हाल साउथ कोरियामा रहेकी अम्बिका डाँगीको सहयोगमा बालबालिकाहरुलाई आईतबार जुत्ता हस्तान्तरण गरिएको हो । डाँगीले आउदा दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छिन् । डाँगीका आफन्त रमेश डाँगी, चन्दा डाँगी, ज्याति गुरुङ,जातक डाँगी, जातिका डाँगीले उक्त जुता हस्तान्तरण गरेका हुन् । साथै संस्थालाई सहयोग गरेको प्रति कोषाध्यक्ष सीमा वलीले धन्यवाद ब्यक्त गरिन् । आउदा दिन पनि असहाय बालबालिकाहरुको शिक्षा, दिक्षा, पालन, पोषणमा सहकार्य गरेर अघि बढ्ने बताईन् । सबैको सहयोगले नै सामाजिक कार्यमा हात हाल्ने प्रेरणा मिलेको अध्यक्ष बिष्णु चौधरीले बताए । चौधरीका अनुसार अहिले आमाबुवादेखि टाढा रहेर शाहारा बिहिन बनेकाहरुलाई पालन, पोषण, शिक्षा, दिक्षा दिईरहेको बताए ।

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्