कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज



असार ४ काठमाण्डौ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक मकवानपुरको हेटौंडामा बस्ने भएको छ । जिल्ला सभापतिको भेला सुरू हुनुपूर्व आज अपरान्ह केन्द्रीय समिति बैठक बोलाइएको छ । भोलिदेखि हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरुको भेला आयोजना गरिएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको संगठन सुधार र प्रभावकारी प्रतिपक्षको भूमिकालगायत विषयमा बैठक केन्द्रीत रहनेछ । बैठक जिल्ला सभापतिहरुको भेला लक्षित गरेर बस्न लागेको कांग्रेसका नेता मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीको आगामी कार्ययोजनाका विषयमा छलफल हुनेछ । निर्वाचनमा बेहोर्नुपरेको पराजयजस्ता विषयमा पनि छलफल हुने एजेण्डा छ । सभापति शेरबहादुर देउवाले दुई वर्ष बितिसक्दा पनि केन्द्रीय सदस्य तथा विभाग गठन गर्न नसकेकोमा आलोचना हुने गरेको छ । जिल्ला सभापतिहरुको भेलाअघि नेताहरु गुटगत बैठकमा सक्रिय देखिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्