अन्तर्राष्ट्रिय

मुक्तिनाथको फोटो राख्दै मोदीले ट्वीटरमा यस्तो लेखे

By थाहा अनलाइन

June 18, 2018

सैघाली खबर, ४ जेठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर ट्वीटरमार्फत् सार्वजनिक गर्दै लेखेका छन्, वन्डरफूल ! पछिल्लो पटक नेपाल भ्रमणमा आउँदा २९ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेका थिए ।

मोदीले सोमबार फेरि मुक्तिनाथ मन्दिर अगाडि योग गरेको फोटो ट्वीटरमा पोष्ट गरेका छन् । यसबाट नेपालको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको थप प्रचार भएको छ ।

नेपालस्थित भारतीय दूतावासको ट्वीटर पेजबाट पनि मुक्तिनाथ मन्दिर अगाडि १२ हजार ५ सय फिटको उचाइमा गरिएको योगको फोटो र भिडियो सेयर गरिएको छ । मुक्तिनाथ हिन्दु र वौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । हिन्दुका चार धाममध्ये मुक्तिनाथ र पशुपतिनाथ नेपालमा पर्दछन् भने वद्रिनाथ र केदारनाथ भारतमा पर्दछन् ।।