पाँच वर्षमै घोराहीको मुहार फेर्ने छु ः मेयर चौधरी



सैघाली अनलाईन खबर  
असार २० , दाङ ।    घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर नरुलाल चौधरीले अवको ५ वर्ष भित्रैमा घोराहीको मुहार फेर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटिले मंगलबार घोराहीमा आयोजना गरेको विजयी तथा धन्याबाद सभालाई सम्बोधन गर्दै मेयर चौधरीले जनताको भाबना र चाहना पालना गर्दै जनाको विकास र समृद्धिका लागि काम गर्ने प्रतिवद्धाता व्यक्त गर्दै ५ वर्षमै घोराही नमुना ,स्मार्ट र समृद्धि शहरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । निर्वाचन पूर्ब जनताहरु संग गरेका प्रतिबद्धतालाई पुरा गर्न आफ्नो पहिलो कर्तव्य र दायित्वल रहेको वताउदै मेयर चौधरीले सुसासन पुर्ण शहर समृद्धि नगर , जनमुखी उपमहानगरका रुपमा घोराही नगरपालिका लाई विकास गर्ने प्रतिवद्धता जनाएका हुन ।

त्यस्तै कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उप–मेयर सिता न्यौपानेले जनताले दिएको जिम्मेवारीलाई पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाएकी छिन । उप–मेयरको विजय संगै महिला तथा अन्य पछाडी परिरहेक वर्गको न्याय र पहुच लाई सन्तुलन कायम गर्दै घोराही उप–महानगरपालिका लाई साझा र जनताको थलोका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएकी थिईन ।निर्वाचन परिचालन कमिटिका अध्यक्ष लक्ष्मण आचार्यको अध्यक्षता एवं नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण बिबेक श्रेष्ठले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्