उता अर्धनग्न जुलुस, यता टीयू गेटमै दाउरा बालेर भात पकाउदै विद्यार्थी



सैघाली खबर, ४ असार ।
इन्धनको मूल्यवृद्धि आधा मात्र फिर्ता भएको विरोधमा नेपाल विद्यार्थी संघले दाउराबाट खाना पकाएर विरोध गरेका छन् । विद्यार्थीहरुले त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसको गेटमै खाना पकाएका हुन् । सरकारले केही समयअघि लगातार इन्धनको मूल्य बृद्धि भएको थियो ।

आइतबार आयल निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टितेलमा लिटरमा २ रुपैयाँ मूल्य घटाएको छ । तर, बढेको अनुपातमा मूल्य नघटेको भन्दै नेविसंघले विरोध जारी राख्ने बताएको छ । विद्यार्थीहरुले ग्यासबाट खाना पकाएर खान नसक्ने अवस्था आयो भन्ने सन्देश दिन दराउबाट पाना पकाइएको बताईएको छ ।

यसैबिच, बीपी राजमार्गमा मालवाहक ठूला गाडी चल्न दिनुपर्ने माग गर्दै सोमबार रामेछाप सदरमुकाम मन्थलीका ब्यवसायीले अर्धनग्न जुलुस निकालेका छन् । बिपी राजमार्गको सिन्धुली खुर्कोट सडकमा ठूला सवारी साधान चलाउन पाउनुपर्ने माग सुनुवाई नभएको विरोधमा उनीहरुले अर्धनग्न अवस्थामा जुलुस निकालेका हुन् ।

सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । सिन्धुली प्रशासनले तराईबाट आएका ठूला मालवाहक गाडी सिन्धुलीमाडीमै रोकेर राखेपछि रामेछापमा सामान ढुवानी प्रभावित भएको छ । रामेछापका जनतालाई ठूलो सास्ती हुँदा पनि राज्य बेखबर रहेको व्यवसायीहरुको आरोप छ ।

आन्दोलनपछि देवकोटा चोकमा भएको कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले ढुवानी समस्याका कारण रामेछापका जनताले उपभोग्य सामान किन्नै नसक्ने गरी महंगिदा पनि सरकार रमिते बनेको आरोप लगाए । उनले माग पूरा नभएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिए । सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्गमा १० टन भन्दा बढी भार भएका गाडी सञ्चालन गर्न रोक लगाएपछि ७ दिनदेखि रामेछापबासी आन्दोलनमा छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्