गए राती देखी दाङमा अविरल वर्षा ,अझै एकसाता लम्वीने



सैघाली अनलाईन खवर
असार २० , दाङ । गएराती देखी दाङमा अविरल वर्षात सुरु भएको छ । राती करिव २ वजे देखी दाङका सवै जसो क्षेत्रहरुमा वर्षात जारी रहेकाले दाङका खोलाहरु पानीको बहाब पनि वढ्न सुरु गरेको छ । 

वर्षातका कारण सवारी आवागन पुर्ण रुपमा वन्द नभए पनि निर्माणाधिन पुलका कारण पानीको बहाव वढ््े संगै सवारी आवत जावतमा केही प्रभासवत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राती देखीको निरन्तर वर्षाका कारण राप्ती नदि र बबई नदिमा पानीको बहाब वढ्न सुरु गरेकाले जिल्ला दैविक प्रकोपा उद्धार समिति दाङले सम्भावित जोखिम क्षेत्रका नागरिकहरु लाई सचेत हुन समेत आग्रह गरेको छ । जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले राप्ती र बबई नदिमा पानीको बहाब वढ्न सुरु गरेकाले त्यस्ता जोखिम युक्त क्षेत्रहरु लाई स्ुचना जारी गरी सचेत रहन आग्रह गरीएको जानकारी दिए । त्यस्तै जल तथा मौसम बिज्ञान विभाग फिल्ड कार्यालय घोराहीले राती देखी निरन्तर दाङमा वर्षा भएको जनाएको छ । पश्चिम मनसुन सुरु भई नेपाल भित्रिएकाले यो मनसुन करिव १ हप्ता सम्म निरन्तर रहने भएकाले दाङमा हप्प्ता दिन अझै वर्षात जारी रहने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्