सैघाली खबर, ४ असार ।
चाबहिलस्थित चुच्चेपाटीमा रहेको गोल्छा अर्गनाइजेशनबाट सञ्चालित हिम इलेक्ट्रोनिकको सामसुङ मोबाइल शोरुममा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको विरगञ्ज–७ घर भइ हाल भारतको मितहारी रक्सौला बजार बस्दै आएका ३६ वर्षीय जितेन्द्र रौनियार र रामेछापको खाँडादेवी–१ घर भइ काठमाडौंको टोखा बस्दै आएका ३३ वर्षीय जयराम श्रेष्ठ छन् । उनीहरुलाई महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले शोरुमको सटर फोडेर सामसुङको विभिन्न ब्राण्डका मोबाइल ८३ वटा र नगदसहित २८ लाख १८ हजार ९ सय २० रुपैयाँ बराबरको चोरी गरेका थिए । उनीहरुको साथबाट २८ वटा मोबाइल समेत बरामद भएका छ । महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीका अनुसार उनीहरुलाई चोरी मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि महागनरीय प्रहरी वृत्त, गौशाला बुझाइएको छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।