डा. देवकोटाको निधनप्रति समवेदना व्यक्त



प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन ।

उनले ५ असारमा ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा देवकोटाले पु¥याउनु भएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने छ भनेका छन् ।

यस दुःखद् घडीमा दिवंगत डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन । नेपाली काँग्रेसलेपनि वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उनको निधनले काँग्रेसलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गरी हजारौँको जीवन बचाउन सफल देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको बताएको छ ।

काँग्रेसले देवकोटाको निधनबाट चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ, विज्ञप्तिमा भनिएको छ, “दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाँले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने छ ।”

सोमबार हेटौँडामा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले देवकोटाको निधनप्रति एक मिनेट मौनधारण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी मसालले पनि वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधनप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्