कोरियाली मुलुकबीचको युद्धलाई यसवर्षभित्र अन्त्य गर्ने प्रयास गर्दैछौंः दक्षिण कोरिया



सोल, ५ असार
दक्षिण कोरियाली विदेशमन्त्री काङकुङ ह्वाले सोमबार छ दशक लामो कोरियाली युद्धलाई क्रमशः तर यसै वर्षमा अन्त्य गरिने बताए छन । तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उनको भनाइ छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोनमा कुराकानी गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै काङले भने, शान्ति सम्झौताको मध्यस्थता गर्न र आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिने उनको भनाई रहेको दक्षिण कोरियाली समाचार संस्थाले जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्य गर्न प्रतिवद्ध रहेको काङले बताए ।

दक्षिण कोरियाका विदेश मन्त्रीले उत्तर कोरियाली समकक्षी रि योङ होसँग ‘आसियन रिजनल फोरम’ मा भेटवार्ता हुने विश्वास व्यक्त गरेका छन । जुन कार्यक्रम आउँदो अगष्टको सुरुमा हुन लागेको छ ।

काङले ट्रम्प र किमको हटलाईन सेवालाई थप अगाडी बढाउने विषयमा पनि छलफल हुन लागेको स्पष्ट पारे ।
गत हप्ता ट्रम्पले आफ्नो सिधा टेलिफोन नम्बर उत्तर कोरियाका सर्वोच्च नेता किमलाई दिएको बताए थिए ।

“मैले उहाँलाई सिधै फोन गर्न सक्छु, उहाँलाई मेरो सिधा सम्पर्क दिएको छु, कुनै अफ्ठ्यारो महसुस हुनासाथ फोन गर्न सक्नुहुने छ । हामी अब सञ्चार सम्पर्कमा रहने छौं,” अमेरिकी राष्ट्रपति ट्रम्पले भने ।
ट्रम्प र किम बीच यही जुन १२ तारिखका दिन पहिलो पटक सिंगापुरमा शिखर वार्ता भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्