काठमाडौं ५ असार, प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ उडेका हुन्। उनको टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित चार मन्त्री, उच्च ओहदाका कर्मचारी देखि तल्लो तहका कर्मचारी समावेश छन्। यस्तै, कुटनीतिज्ञ, उद्योगी व्यवयासी र पत्रकारहरु रहेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङ, उद्यमी, व्यवसायीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।