दुई राप्रपाबीच आज वार्ता हुँदै



काठमाडौं, ५ असार । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०बीच पार्टी एकीकरणको पहल शुरु भएको छ ।

पार्टी एकीकरणका बारेमा दुई राप्रपाबीच मंगलबार वार्ता हुँदैछ । वार्ता बिहान एघार बजेपछि काठमाडौंमा हुनेछ ।

पार्टी एकीकरणका लागि कार्यदल समेत बनि सकेको छ । राप्रपा ९प्रजातान्त्रिक०को कार्यदलको संयोजक दीपक बोहोरा हुन् । राप्रपाले वुद्धिमान तामाङलाई वार्ता टोलीको संयोजक बनाएको छ ।

राप्रपा ९प्रजातान्त्रिक०को कार्यदलको सदस्यहरूमा बिक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मा रहेको प्रवक्ता किरण गिरीले जानकारी दिए ।

राप्रपाबाट वार्ता टोलीको सदस्यमा टंक ढकाल र राजेन्द्र लिङदेन रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्