पुलको शिलन्यास र उद्घाटन गर्न प्रधानमन्त्री दाङ आउँदै



असार २१

 

प्रधानमन्त्री शेरबहादुर देउवा साउन ७ गते दाङ आउने भएका छन् । देउवा दाङका विभिन्न स्थानमा निर्माण हुन लागेका पुलको शिलन्यास र उद्घाटन गर्न दाङ आउन लागेको माननिय संसाद डिलीबहादुर चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार पर्सेनि विजौरी जोड्ने पुल, जदागाउँ महेन्द्र स्कुल जोड्ने र ड्वाङपुर लुहडवरा जोड्ने पुलको शिलन्यास गर्ने कायक्रम रहेको छ ।

त्यसैगरी गुहार खोलामा निर्माण भएको भोजपुर जोडर्ने पुल पनि उद्घाटन गर्ने कार्यक्रम रहेको संसाद चौधरीले जानकारी दिएका छन् । ‘दाङका तिन वटा पुलको शिलन्यास र एउटा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
जदागाउँ महेन्द्र स्कुल जोड्ने पुलको लागी दुई हप्ता अगाडी नै माटोको परिक्षणको लागी स्याम्पल लिएसकेको छ भने ग्वार खोलामा माटोको परिक्षणको लागी स्याम्पल लिने कार्य भैरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्