७ सयभन्दा बढी उम्मेदवारको धरौटी जफत



असार २१

 

प्रदेश नम्बर ३ अन्तर्गत बैशाख ३१ मा मकवानपुरमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उठेका ७ सय ६ उम्मेदवारको धरौटी जफत भएको छ । जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका र एक उप महानगरपालिकाको स्थानीय तहका लागि उम्मेदवारी दिएकमा मध्ये ७ सय ६ जनाको धरौटी जफत हुने भएको हो । निर्वाचनमा कुल खसेको सदर मतको १० प्रतिशत मत नआए धरौटी जफत हुने जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्