बसको ठक्करबाट महिलाको मृत्यु



चितवन, ५ असार । भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख १९७३ नंको बसले ना १३ प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार माडी नगरपालिका वडा नं १ की ५० वर्षीया रक्सीमिया महतोको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउसो १२ः५ बजे मृत्यु भएको हो । बिहान १०ः३० बजे भएको उक्त घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् ५३ वर्षीय रामप्रसाद महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

महतोको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्