किन दिईयो उपमेयरलाई ‘घाँस’ उपहार ?



सैघाली खबर, ५ असार ।
काठमाडौंका स्थानीय बासिन्दासहित सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन् । पुरातात्विक रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गर्दै झाडी नै झाडी भएको ‘चौर’ मा परिणत गरेको भन्दै सम्पदाप्रेमीले महानगरलाई रानीपोखरीमा सप्रिएको घाँस उपहार दिएका हुन् । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित ‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका छन् ।

मेयर विद्यासुन्दर शाक्य हाल प्रधानमन्त्रीसँगै चीन भ्रमणमा छन् । उनीहरुले रानीपोखरीको पुनर्निर्माणमा ढिलाई तथा हेलचेक्र्याइँ गरेर महानगरले सम्पदाको महत्वलाई चरम बेवास्ता गरेको आरोप लगाउँदै सांकेतिक रुपमा घाँस उपहार दिएका हुन् । सो समूहले विहान रानीपोखरीको सरसफाई पनि गरेको थियो । नेपाल प्रहरीसहित विभिन्न स्थानबाट आएका स्थानीयहरुको सूमहले रानीपोखरीमा सरसफाइ गरेको हो ।

रानीपोखरी पुनर्निर्माणका लागि पनी सुकाइएपछि काठमाडौं महानगरपालिकाले पुनर्निर्माणमा चरम लापरवाही र ढिलासुस्ती गर्दै आएको छ । पुनर्निर्माणका क्रममा पुरतात्विक रानीपोखरीमा पानी अडाउनुपर्ने भन्दै कंक्रिटको वाल हालिएको छ । ब्यापक विरोध भएपछि त्यसलाई हटाउने निर्णय भएको छ । तर, कंक्रिट वाल हाल्ने र हटाउने गर्दा आफूलाई आर्थिक हानी भएको भन्दै ठेकेदार कम्पनी अदालतमा पुगेको छ । फेरि अर्को ठेक्का लगाउने तयारीमा महानरपालिका छ ।

झण्डै साढे २ करोड खर्च भइसक्दा पनि रानीपोखरी बन्नुको साटो कुरुप बन्दै गएको छ । ३ वर्षदेखि रानीपोखरी जीर्ण अवस्थामा छ । त्यसैलाई ध्यानमा राखेर स्थानीयहरुले अब प्रत्येक शनिबार रानीपोखरीको सरसफाइ गर्ने तय गरेका छन् । स्थानीयहरुको घाँससहितको त्रापानपत्र बुझ्दै उपमेयर खड्गीले महानगरपालिकाले जतिसक्दो छिटो रानीपोखरीको पुनर्निर्माण सक्ने प्रतिवद्धता जनाइन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्