दाङ ५ असार र जिल्ला प्रशासन कार्यालयले घोराही क्षेत्रका एक दर्जन बढी विभिन्न पसलहरुको अनुगमन गरेको छ । स्थानीय प्रशासनले मंगलबार घोराहीको भानुचोक आसपासका एक दर्जन बढि विभिन्न प्रकृतीका पसलहरुमा अनुगमन गरिएको हो ।अनुगमनका क्रममा प्राय पसलहरुमा राखिएका नाप तौल तथा ढक तराजुहरु अबैधरुपमा प्रयोग गरेको पाईएको छ । स्थानीय प्रशासनले ८ वटा भन्दा बढि पसलहरुबाट डिजिटल तराजु देखि सामान्य ढक तराजुहरु जफत गरेको छ ।
अनुगमनका क्रममा खिया लागेका, पुराना ढक तराजु प्रयोग भैरहेको, डिजिटल तराजुहरु विग्रिएका, नापतौल अनुमतिपत्र नलिएको, जाँचपासका नगरिएको, नविकरण नभएको पाईएको गुणस्तर तथा नाम तौल क्षेत्रीय कार्यालय नेपालगंजका सहायक निरिक्षक गुरुप्रसाद पौडेलले जानकारी दिए ।अनुगमन गरिएका प्राय सबै पसलका सञ्चालकहरुले नापतौल अनुमती पत्र लिनु पर्ने, जाँच पासका गर्नुपर्ने, नवीकरण गर्नेपर्ने लगाएतको बारेमा जानकारी नै नभएको पाईएको छ ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु तुलसीराम सुबेदी, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगंजका सहायक निरिक्षक गुरुप्रसाद पौडेल, भिमबहादुर खत्री र शान्तराम चौधरी, प्रहरी नायव निरिक्षक मोहन अधिकारी, दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिब नरेश कार्की लगाएतको सहभागीता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।